समाचार
मायादेवी गाउँपालिका रुपन्देहीको चौथो गाउँसभा
मिति २०७५/१२/०३ गतेका दिन मायादेवी गाउँपालिका रुपन्देहीको चौथो गाउँ सभा (२०७५) ११ बजे गाउँपालिका अध्यक्ष्य श्री ध्रुवनारायण चौधरी ज्युको अध्यक्ष्यता मा प्रगतिशील आमा समुहको भवन बेथरीमा प्रारम्भ भएको थियो |
- उक्त सभामा मायादेवी गाउँपालिकाका विधायन समितिका संयोजक श्री पल्टु लोध ज्यु ले स्थानीय विकाशकोष संचालन मस्यौदा पेश गर्नु भएको थियो र उक्त ऐनको मस्यौदामा छोटेलाल केवट ज्यु र विक्रम बहादुर सुनार ज्युले टिप्पणी गर्नुभयो र सभामा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिबाट पारित भएको थियो |
- ८ वटै वडाका वडा अधक्ष्य ज्यु हरुले आ- आफ्नो वडामा भएका योजनाहरुको प्रगति विवरणन पेश गर्नभएको थियो |