FAQs Complain Problems

वडा नंं ६ पिपरहवा

यस मायादेवी गाउँपालिकाको कार्यालय वडा न. ६ को जनसंख्याको हिसाबले सात हजार पाँच सय जनसंख्या रहेको वडा हो । यस वडाको पुर्वमा भारतको सिमाना, पश्चिममा मायादेवी गा.पा. वडा न. ५, दक्षिणमा वडा न. ५ र कोटहीमाई गाउँपालिका उत्तरमा मायादेवी गाउँपालिका र सियारी गाउँपालिकाको सिमाना पर्दछ ।

यो वडा पहिले ५ र ६ संयुक्त रुपमा संचालन रहेको थियो भने २०७४ साल जेष्ठ महिनाको स्थानिय चुनावपछि वडा कार्यालयमा आ–आफ्नो वडाको वडा अध्यक्ष निर्वाचित भई आएकोले २०७४ श्रावण १ गतेदेखि मायादेवी गाउँपालिकाको कार्यालय वडा नं. ६ भनि यसै गाउँपालिका अन्तर्गत पिपरहवा भन्ने ठाउँमा घरभाडा लिई स्थापना भएको छ । यस वडामा जम्मा ३ जना कर्मचारी रहेका छन् तीमध्ये १ जना वडा सचिव, १ जना कार्यालय सहायक र १ जना कार्यालय सहयोगी छन् ।

यस वडाबाट दैनिक अधिकतम १०० जना र न्युनतम २० जनासम्म सेवाग्राहीलाई सेवा दिने गरिएको छ भने यस कार्यालयले बेलाबेलामा पशु स्वास्थ्य र कृषि कार्यालयको कार्य पनि गर्दै आएको छ । त्यस बाहेक विभिन्न तालिममा यँहाका महिला, दलित, आदिवासीहरुलाई जनचेतनामुलक कार्यक्रममा पठाउने काम पनि गर्दछ । यसरी यस वडाले आफ्नो दैनिक काम गर्दै आइरहेको छ ।

वडाध्यक्ष  राजेन्द्र यादव                                                                           

वडा सचिव छबिलाल गुप्ता

धन्यवाद !

Ward Contact Number: 
९८५७०१२०६५