FAQs Complain Problems

मायादेवी गाउँपालिकाको परिचय

विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।

यस गाउँपालिकाको सिमाना पूर्वतर्फ सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिका, पश्चिमतर्फ लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरतर्फ सियारी, शुद्धोधन र गैडहवा गाउँपालिका र दक्षिणतर्फ कोटहीमाई गाउँपालिका र भारत रहेको छ । यस गाउँपालिकालाई ८ वडामा विभक्त गरी प्रशासनिक विभाजन गरिएको छ । उत्तरबाट बग्ने तिनाउ र दानव नदीसँग प्राकृतिक, भौगोलिक तथा साँस्कृतिक मनोरमता एवम् कृषि क्षेत्रले हराभारा भई यो गाउँपालिका सजिएको छ । ६,८१० घर परिवार बसोवास गर्ने यस गाउँपालिकाको कुल जनसंख्या २०६८ को जनगणना अनुसार ४७,१९६ र ९९९० घर परिवार बसोबास गर्ने यस गाउँपालिकाको कुल जनसंख्या २०७८ को जनगणना अनुसार ५६,१७० रहेको साथै जनसंख्या वृद्धीदर १.६८ प्रतिशत र परिवारको औसत आकार ५.६२ प्रतिशत रहेको छ । त्यसै गरी जनघनत्व ६५२ जन प्रति वर्ग कि.मी रहेको पाईन्छ ।

प्रमुख नदी खोलाः- दानव, तिनाउ, घाघरा ।

पर्यटकीय, धार्मिकस्थलः- प्रकटेश्वर मन्दिर र मायादेवी पार्क ।

जनसंख्याः-

४७,१९६  (जनगणना २०६८ अनुसार)

महिला – २३३९८

पुरुष- २३७९८

५६,१७० (जनगणना २०७८ अनुसार)

महिला – २७,८१५

पुरुष- २८,३५५

मुख्य जातिहरुः- यादव, थारु, ब्राह्मण, क्षेत्री, लोध, कुर्मी, हरिजन, मुसलमान । लोपउन्नमुख जातीः- पथरकट्टा

मुख्य चाडः- दशै, तिहार, छठ, रामनवमी, शिवरात्री, माघी, रक्षाबन्धन, रमजान, इद आदी ।

शैक्षिक संस्थाः- सरकारी तथा सामुदायिक (मा.वि – १२, आधारभूत - ०८)

निजी (मा.वि-१०, आधारभूत-१८)

धार्मिक मदरसा- ९ आधारभूत

 

स्वास्थ्य संस्थाहरुः-

स्वास्थ्य संस्था -४

आधारभूत स्वास्थ्य केन्द्र -४

वर्थिङ्ग सेन्टर -१

आयूर्वेद औषधालय -१

 

गा.पा. क्षेत्रका मुख्य बजारहरुः बेथरी, बनगाई

फोहरमैला ब्यवस्थापनः- सामान्य प्रकृयामा रहेको ।

कृषिः मुख्य बालीहरुः- धान, गहुँ, रहर, तोरी, आलस, तरकारी खेती आदी ।

फलफुलः- आँप, लिची, केरा, मेवा र अम्बा आदी ।

पशुपालनः- गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, हाँस, परेवा आदी ।