समाचार
मायादेवी गाउँपालिकामा एम्बुलेन्स सेवा सुचारु
आज मिति २०७६/०१/१६ गतेका दिन यस मायादेवी गाउँपालिकाको कम्हरिया स्वास्थ्य चौकीको नाममा भन्सार छुटमा खरिद गरिएको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष श्री ध्रुब नारायण चौधरीले एक कार्यक्रमका बीच उत्घाटन गर्नु भयो उक्त कार्यक्रममा उपाध्यक्ष श्री तारा देवि यादव , प्रमुख प्रशाशाकिय अधिकृत श्री रोमनाथ न्यौपाने, स्वास्थ्य संयोजक श्री गणेश भण्डारी, कार्यपालिका का सदस्य ज्युहरु तथा गाउँपालिकाका कर्मचारी हरुको उपस्थिति थियो उक्त एम्बुलेन्स उत्घाटन पश्चात कम्हरिया स्वास्थ्य चौकीका इन्चार्ज श्री प्रदिप कुमार पंडित र स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अधक्ष्य एवं एम्बुलेन्स संचालन समिति का सदस्य श्री मोहम्मद रफिक खान लाई संयुक्त रुपमा गाउँपालिकाका अध्यक्ष श्री ध्रुब नारायण चौधरी ज्युले एम्बुलेन्स को साँचो हस्तान्तरण गर्नु भयो |