समाचार
आर्थिक प्रशासन शाखाको कार्य विवरण
आर्थिक प्रशासन शाखा
- गाउँपालिका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने ।
- कारोबारको लेखा राख्ने र सोको अभिलेखको व्यवस्थापन गर्ने ।
- सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने ।
- सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने ।
- आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने ।
- गाउँपालिका र अन्तर्गत कार्यालयहरुको बजेट तयार गर्ने/गराउने, छलफल गर्ने ।
- अन्तर्गतका कार्यालयहरुको बजेट बाँडफाँड तथा खर्च गर्ने अख्तियारी तयार गर्ने ।
- आवश्यकता अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने ।
- बेरुजुको लगत राख्ने, संपरिक्षण, फर्छयौट र प्रतिवेदन गर्ने ।
- गाउँपालिकाको सञ्चालन सँग सम्ब्नधित अन्य आवश्यक आर्थिक कार्यहरु गर्ने ।