FAQs Complain Problems

समाचार

वडा नंं ८ बसडिलवा

मायादेवी गाउँपालिका वार्ड नं.१ देखी वार्ड नं. ८ मध्यको वार्ड नं.८ बसडिलवा यस वडाको पुर्व मा सि.न.पा. ८ र उत्तर सियारी गाउँपालिका वार्ड नं.१ र दक्षिणमा सि.न.पा.४ पश्चिममा घाघर नदी र मायादेवी गाउँपालिका वार्ड नं.७ अवश्थित रहेको छ। यस वडा कार्यालय मायादेवी गाउँपालिकाको कार्यालय वेथरी देखी ५ कि.मी.को दुरीमा अवश्थित रहेको छ।

यस वडामा ब्रामण, खस, आर्य, आदिवासी, जनजाती,दलित र पिछाडा वर्ग समुदाय को बस्ति रहेको छ। यहा हिन्दु, मुस्लिम,वौद्ब र क्रिस्चयन धर्मालम्बी बसोबास रहेको छ।

यस वडा घरधुरी संख्या करिव ७३१ र जनसंख्या ५९४५ रहेको छ।

यहाँका व्याक्तिहरुको मुख्य पेसा कृषी साथै उघोग व्यावसाय रहेको छ।

शिक्षा को हिसावले  यस वडामा एउटा सरकारी बिद्यालय तथा दुई निजी बिद्यालय रहेका छन्।

यस वडा भित्र गुम्वा निजी मन्दिर तिन रहेका छन्।

प्रकृतिक स्रोत सम्पादाका रुपमा एउटा ताल मतखोलामा अवस्थित छ। यस वडा भित्र एउटा कृषी बजार साथै निर्माधिन खाने पानी टंकी रहेको छ।

 

वडाध्यक्ष  चोक बहादुर थापा 

वडा सचिव विष्णु यादव 

धन्यवाद !

Ward Contact Number: 
९८४७०५०९४२ / ९८४७२१७७८९