FAQs Complain Problems

समाचार

वडा नंं ३ कम्हरिया

मायादेवी गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय कम्हरियामा रहेको छ ।

यस वडा नं.३ को पुर्व सियारी गाउँपालिका पश्चिम र उत्तर दुइ तिर बाट मायादेवी गाउँपालिका वडा नं. २ र दक्षिण मायादेवी गाउँपालिका वडा नं. ४ को सिमाना रहेको छ ।यस मायादेवी गाउँपालिकाको कार्यालय देखि ७ कि.मी.को दरीमा वडा नं.3 ३ को कार्यलय अवस्थित छ ।

यस वडा नं.3 ३ ले १३.६३ वर्ग कि.मी. ‌ओगटेको छ ।

यस वडामा ब्रहमण /आर्य /आदिबासी /जनजाती/ दलित/मुस्लिम/पिछडा वर्ग समुदायको बस्ती रहेको छ । यहाँ हिन्दु/मुश्लिम/बौद्ध/क्रिश्चयन आदि धर्म मान्ने धर्मावलम्वीहरुको बसोबास रहेको छ ।

यस वडामा करिब १२५० घरधुरी रहेको छ ।यस वडाको जम्मा जनसंख्या करिब ११२५० रहेको छ ।

यस वडामा १० वटा टोल रहेको छ ।

यहाँ खेती योग्य जमिन प्रशस्त रहेको हुदाँ यहाँको मुख्या पेशा कृषि हो यहाँ ज्यालादारी / व्यवसाय/साथै उद्योग पशु पालन रहेको छ ।

शिक्षाको हिसावले यस वडामा २ वटा सरकारी जस मध्ये एउटा उ.मा.वि.जुन वरेवा टोलमा अवस्थित छ र एउटा आधारभुत विद्यालय र २ वटा मदरसा रहेको छ ।

यस वडामा बुधबार सुकरौली चोकमा र सोमबार गुण्डा टोलमा बजार लाग्छ ।यस वडामा १२  वटा मठमन्दिर र ४ वटा मस्जिद रहेको छ ।

यस वडामा भै.लु.भ.जा.ट्युवेल ३ ठाउँमा अवस्थित छ ।

यस वडामा दानव नदि र सियारी खोला पनि छ यि दुइ नदि को विचमा मेडरवा टोल छ ।यस वडाको निविहवा टोलमा खुटीदेवी स्थान पनि रहेको छ ।

वडाध्यक्ष मोहम्मद रफिक खानँ

वडा सचिव जितेन्द्र चौधरी

धन्यवाद !

Population: 
११२५०
Ward Contact Number: 
९८११४२६४३१