FAQs Complain Problems

समाचार

वडा नंं ४ गुण्डी

यस वडा नं. ४ को वडा कार्यालय गुण्डी गाउँमा रहेको छ । यस वडाको पुर्वमा वडा नं. ५, पश्चिममा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनि साँस्कृतिक नगरपालिका रहेको छ भने उत्तरमा मायादेवी गाउँपालिका वडा नं. ३ तथा दक्षिणमा कोटहीमाई गाउँपालिका रहेको छ । यस वडाको कुल क्षेत्रफल ६.१३ ब.कि.मि. रहेको छ भने जनघनत्व ८७१/ब.कि.मि. रहेको छ ।

मायादेवी गाउँकार्यपालिकाको कार्यालय बेथरीदेखि १० कि.मि. पश्चिम गुण्डी भन्ने गाउँमा यस वडाको वडा कार्यालय अवस्थित छ ।

यस वडाको जातिय बनावट लोध, मल्लाह तथा निषाद जातिको बाहुल्यता रहनुका साथै अन्य जातजातिहरुको पनि बसोबास रहेको पाईन्छ ।

यस ४ नं. वडामा बसोबास गर्ने वडाबासी मूख्य पेशा कृषि रहेको पाईन्छ ।

यस वडाभित्र २ वटा सामूदायिक विद्यालय र ६ वडा निजी विद्यालय गरि जम्मा ८ वटा शिक्षण संस्था रहेका छन् । मायादेवी गाउँपालिकाको प्रसिद्ध प्रकेटश्वर महादेवको मन्दिर पनि यसै वडामा पर्दछ ।

वडाध्यक्ष  धनपाल मल्लाह                                                                           

वडा सचिव  विजय यादव

धन्यवाद !

Ward Contact Number: 
९८०७४१०३७१