FAQs Complain Problems

समाचार

वडा नंं १ धमौली

मायादेवी गाउपलिकाको वडा नंं १ देखि ८ सम्म मा वडा नंं १ धमौली हो | यस वाडको पुर्व वडा नंं २ पस्चिम गैडहवा गा.पा., उत्तरमा मायादेवी गा.पा. वडा नंं २ र दक्षिणमा लु.सा. नपा रहेको छ, यस वडाको कुल घरधुरी करिब ९०० र जनसंख्या करिब ९२५० रहेको छ |

यो वडा कार्यालय गाउपलिकको कार्यालय बेथरी देखि करिब २० कि.मी. को दुरीमा अवस्थित रहेको छ | यस वडामा हिन्दु को बहुल्यताको साथ साथै मुस्लिम समुदायको बस्ती रहेको छ | 

यहाँको व्यक्तिहरुको मुख्य आय श्रोत कृषि रहेको छ | यहाका कृषकहरु तरकारी खेतिलाई मुख्य रुपले आय श्रोतको रुपमा अपनाएको देखिन्छ |

शिक्षाको हिसाबले यस वडामा ३ वटा सरकारी विद्यालय तथा ४ वटा निजी विद्यालय रहेको छ | 

यस वडाको मुख्य प्रसिद्ध धार्मिक स्थल दुर्गा मन्दिर रहेको छ जुन धमौली टोलमा आवस्थित छ | प्राकृतिक श्रोत तथा सम्पदाको रुपमा ३ वटा रमणीय तालहरु रहेको छ | यहाँ विकसित बजार क्षेत्र भने छैन |

वडाध्यक्ष  पल्टु लोध

वडा सचिव राम किसुन दुसाद 

धन्यवाद !

Ward Contact Number: 
९८६०८१४९२५