FAQs Complain Problems

समाचार

वडा नंं २ तिलौरी

विश्व शान्तिका अग्रदुत बुद्धको जन्म स्थल देखी नजिक ठूलो सानो गरी १९ टोल रहेको यो वडाको क्षेत्रफल ११.९४ (वर्ग कि.मी.) २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जनसंख्या ६६८३ र जनघनत्व ५६० रहेको यस वडाको पूर्वमा वडा नं. ३ र सियारी गाउँपालिका पश्चिममा वडा नं. १ र गैडहवा गाउँपालिका उत्तरमा सियारी गाउँपालिका र दक्षिणमा वडा नं. ३ रहेको । 

यस वडामा १ मा.वि.¸¸ १ नि.मा.वि.¸ १ प्रा.वि. विद्यालय र १ मदरसा रहेका छन् । यस वडाको बिच बाट दानो दोला बगी रहेको छ¸ दानो खोलाले यस वडा लाई दुई भागमा विभाजन गरेको छ ।

यस वडाको दक्षिणमा प्रशिद्ध समई माईको मन्दिर अवस्थित छ । यस वडामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषी नै हो । यस वडामा बसोबास गर्ने मानिसहरु बिशेष गरी बोल्ने भाषा भोजपुरी हो । विकासको दृष्टिकोण र शिक्षाको दृष्टिकोणमा यो वडा पिछडिएको देखिन्छ ।

सामुदायिक विद्यालय ३ वटा¸ मदरसा १ वटा र निज विद्यालय कुनै पनि नरहेको ।

वडाध्यक्ष राम नारायण थारु 

वडा सचिवः लक्ष्मी पौडयाल

धन्यवाद !

Ward Contact Number: 
९८४७४२१४३८