समाचार
मायादेवी गाउँपालिकाको दोस्रो गाउँ सभाको दोस्रो दिन
मिति २०७४ साल फाल्गुन १० गते मायादेवी गाउँपालिकाको दोस्रो गाउँ सभाको दोस्रो दिन गाउँपालिकाका अध्यक्ष श्री ध्रुव नारायण चौधरीको अध्यक्षतामा सभाको बैठक संचालन भयो र सभामा शिक्षा विध्येक, २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने विध्येक २०७४, स्वास्थ्य तथा सरसफाई विध्येक २०७४, कृषि ब्यवस्था प्रवर्द्धन विधेयक २०७४, सहकारी विधेयक २०७४ ,सर्वसम्मत पारीत भएको छ भने पुर्वाधार ब्यवस्थापन सम्बन्धी विधेयक २०७४ गाउँ सभा सदस्य श्री विक्रम बहादुर सुनारले राख्नु भएको संसोधन प्रस्ताव माथी छलफल भई संसोधन सहित सर्वसम्मत पारीत भएको छ । आर्थिक कार्य विधि नियमित तथा ब्यवस्थित गर्ने विधेयक पारीत गरीयोस् भनी सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक श्री राजेन्द्र यादवले पेश गर्नु भएको थियो । यसैगरी स्वास्थ्य तथा सरसफाई विधेयक सामाजिक विकास समितिका संयोजक श्री मोहम्मद रफिक खाँले प्रस्तुत गर्नु भएको थियो । कृषि ब्यवशाय प्रवर्द्धन विधेयक आर्थिक विकास समितिका सदस्य श्री रामाशंकर यादवले प्रस्तुत गर्नु भएको थियो । यसै गरी पूर्वाधार ब्यवस्थापन सम्वन्धी विधेयक सभामा पूर्वाधार विकास समितिका संयोजक श्री चोक बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो । सहकारी विधेयक २०७४ सभामा आर्थिक विकास समितिका सदस्य श्री रामाहशंकर यादव ज्युले प्रस्तुत गर्नुभएको थियो । यी कानूनहरू मन्त्रालयले उपलब्ध गराएका नमूना कानूनलाइ आधार मानि सरोकारवाला,बुद्धी जीवीहरूको परामर्श तथा सल्लाह लिएर तयार गरिएको थियो । साथै विस्तृत छलफल तथा परिमार्जनको लागि विधायन समितिका संयोजकको संयोजकत्वमा समिति बनाइ गहन छलफल र परिमार्जन सहित सभामा पेश गरिएको थियो । अर्को बैठक मिति २०७४ साल फाल्गुन १४ गते सोमवार विहान ११ वजे वस्ने छ ।