समाचार
स्वास्थ्य र कृषि/पशु तर्फका निकायहरुको कार्य विवरण
प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरु, आयुर्वेद औषधालयहरु
- परिवार नियोजन सम्बन्धी कार्यक्रम संचालन
- सुरक्षित मात्रित्व कार्यक्रम
- पोषण सम्बन्धी कार्यक्रम
- खोप सेवा सन्चालन
- झाडा पखाला रोकथाम तथा नियन्त्रण
- श्वास प्रश्वास रोगको रोकथाम तथा नियन्त्रण
- औलो तथा कालाजर रोकथाम तथा नियन्त्रण
- क्षयरोग तथा कुष्ठरोग रोकथाम तथा नियन्त्रण
- एड्स तथा एस टि डि रोकथाम तथा नियन्त्रण
- महामारी नियन्त्रण तथा प्राक्रितिक प्रकोप व्यवस्थापन
- स्वास्थ्य शिक्षा तथा वातावरणीय सरसफाई
- प्राथमिक स्वास्थ्य सेवा गाँउ घर क्लिनिक कार्यक्रम
- महिला स्वास्थ्य स्वयंसेविका व्यवस्थापन
- बहिरंग तथा अन्तरङ्ग सेवा मार्फत उपचार सेवा
- औषधी तथा अन्य वस्तुको आपूर्ति व्यवस्थापन
- सुपरीवेक्षण, अनुगमन
- अभिलेख तथा प्रतिवेदन
कृषि सेवा केन्द्र
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण व्यवस्थापन र परिचालन गर्ने ।
- कृषकहरुको क्षमता अभिवृद्धि प्राविधिक सेवा टेवा सीप विकास र सशक्तिकरण गर्ने ।
- कृषि बिउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरुको आपूर्ति उपयोग गर्ने ।
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी संघ संस्थाहरुको समन्वय व्यवस्थापन गर्ने ।
- कृषि सम्बन्धी प्रविधिको संरक्षाण र हस्तान्तरण गर्ने ।
- कृषि सम्बन्धी सूचना प्रचार-प्रसार गर्ने ।
- गाउँपालिका स्तरका स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन गर्ने ।
- प्राङ्गरिक खेति तथा मलको प्रर्वद्धन र प्रचार प्रसार गर्ने ।
पशु सेवा केन्द्र
- कृषि तथा पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने ।
- पशु नश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन गर्ने ।
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन गर्ने ।
- पशु आहारको गुणस्तर नियमन गर्ने ।
- पशुपंक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणालीको प्रयोग गर्ने ।
- पशु बधशाला र शित भण्डारणको व्यवस्थापन गर्ने ।
- पशुपंक्षी सम्बन्धी बिमा र कर्जा सहजिकरण गर्ने ।
- पशुपालन तथा पशु स्वास्थय सम्बन्धी अन्य कार्य गर्ने ।