समाचार
पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाको कार्य विवरण
सडक, सिंचाई तथा अन्य पूर्वाधार विकास इकाई
- सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन,
- सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार सम्बन्धी कार्य,
- कजवे, नाली, पुल, सिंचाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य,
- ग्रामिण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य,
- ग्रामिण तथा कृषि सडक झोलुङ्गे पुल, पलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गरुयोजनाको तर्जुमा कार्यान्वयन मर्मत सम्भार र नियमन कार्य,
- सिँचाइ प्रणालिको निर्माण संचालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति,बअनुगमन र नियमन कार्य ।
भवन तथा मापदण्ड कार्यान्वयन इकाई
- जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रशन नामसारी तथा दाखिला खारेज सम्बन्धी कार्य,
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन सम्बन्धी कार्य,
- भूमिको वर्गिकरण अनुसारको लगत गर्ने कार्य,
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण,
- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा सम्नवय र सहजिकरण,
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।
वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन इकाई
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामाग्रीको पूर्व भण्डारण वितरण र समन्वय सम्बन्धी कार्य,
- तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन सम्बन्धी कार्य,
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान सम्बन्धी कार्य,
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानिय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य सम्बन्धी कार्य,
- विपद् व्यवस्थापन कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन सम्बन्धी कार्य ।