FAQs Complain Problems

समाचार

वडा नंं ७ हाटी बनगाई

यस जिल्ला रुपन्देही, प्रदेश नं. ५ साविक हाटी बनगाई गा.वि.स.हाल मायादेवी गाउँपलिका ७ नं.वडा कार्यालय हाटी बनगाईको पुर्वमा घाघरा खोला तथा सि.न.पा.,पश्चिममा तिनाउ नदी तथा सियारी गाउँपालिका र मायादेवी गाउँपालिकाको ५ नं.वडा, उत्तरमा सियारी गाउँपालिका र दक्षिणमा मायादेवी गाउँपालिकाको ५ नं.वडा रहेको यस वडाको पुर्वमा घाघरा पुल र पश्चिममा तिनाउ पुल बीचको चौडाई जम्मा १.४० कि.मी.रहेको छ ।

यस क्षेत्रको मुख्य आकार्षणको रुपमा रहेको गौतम बुद्घ अन्र्तराष्ट्रिय विमान स्थलको अधिकांस भाग यसै वडामा पर्दछ । यस क्षेत्रमा विभिन्न धार्मिक मन्दिरहरु (दुर्गा मन्दिर,शिव मन्दिर,काली मन्दिर,हनुमान मन्दिर) रहेका छन । अन्तराष्ट्रिय रुपमा परिचित रहेको लुम्बिनी जाने लुम्बिनी सडक यसै वडा बाट गएको छ । यहाँका मानिसहरु अधिकांश कृषि पेशमा संग्लन रहेका छन् । यस क्षेत्रमा आज लगाइने नयाँ जातको केरा फलफुलको शुरुवात यसै वडा बाट भएको केराको पाकेट क्षेत्र यस वडाको महुवारीमा पर्छ ।

यस वडाको मुख्य समस्याको रुपमा रहेको तिनाउ नदी कटान, सिचाईको समस्या, बिजुली भएता पनि भोल्टेजको समस्या,उच्च शिक्षा विद्यालय,स्वास्थ्य चौकी भवनको समस्या आदी विभिन्न समस्या विच रहेको यस वडाको जनसंख्या लगभग ८५०० रहेको छ । बस्ती टोल १४ वटामा विभिन्न जातहरु (बनिया, भर, ब्राहमण, यादव, थारु, चौधरी, बरई, मल्लाह, लोध, कुर्मी, हरिजन, धोबी, पासी, विश्वकर्मा, कोहार, केवट) को बसोबास रहेको छ । साथै यस वडामा विभिन्न उद्योग, कलकारखाना जस्तै ईट्टा भट्टा, स–मिल, पेट्रोल पम्प, चिउरा मिलहरु रहेका छन् । शिक्षाको क्षेत्रमा यहाँ दुई वटा सामुदायिक विद्यालयहरु (श्री गैरगट्टी माध्यमिक विद्यालय र श्री बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालय) रहेका, तीन वटा निजि विद्यालयहरु, र यसै वडा मा स्वास्थ्य चौकी समेत रहेको छ । यस वडाका अधिकांश बालबालिकाहरु विद्यालय जाने गरेका छन् ।

वडाध्यक्ष  राम शंकर यादव                                                                           

वडा सचिव  सुखराम गुप्ता

धन्यवाद !

Ward Contact Number: 
९८४७०५४२९१