समाचार
सामाजिक विकास शाखाको कार्य विवरण
सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाई
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- संघ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन,
- सामाजिक सुरक्षाको कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय संघ-संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन,
- सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली (EFT) मार्फत संचालन गर्ने,
- सामाजिक सुरक्षा सम्बन्धी तथ्यांङ्क र सूचना व्यवस्थापन सबै वडामा गर्ने,
- मासिक रुपमा वडा बाट व्यक्तिगत घटना दर्ता विवरण लिने तथा वार्षिक रुपमा सम्पूर्ण व्यक्तिगत घटना दर्ता विवरण विभागलाई पठाउने,
- घटना दर्ता शिविर संचालन गर्ने ।
महिला बालबालिका तथा समाज कल्याण इकाई
- जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनस्थापना केन्द्र, जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको संचालन र व्यवस्थापन,
- सडक बालबालिका, अनाथ असहाय अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरुको पुनस्थापना केन्द्रको सन्चालन व्यवस्थापन अुनगमन र नियमन,
- गाउँपालिकाबाट महिला, बालबालिका, अपाङ्गगता भएका व्यक्ति, जेष्ठ नागरिक लगायत व्यक्तिहरुको व्यवस्थापन संरक्षण र शसक्तिकरण गर्न विनियोजित बजेटबाट कार्यक्रम संचालन,
- जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशाक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य,
- जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको संचालन तथा व्यवस्थापन,
- गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति, कानून, योजना तथा कार्यक्रममा समन्वय सम्बन्धी कार्य,
- गाउँपालिकामा सामाजिक परिचालन समन्वय सम्बन्धी कार्य,
- लक्षित समूह सम्बन्धी गाउँपालिकाे योजना/कार्यक्रम, स्राेत परिचालन र व्यवस्थापन,
- बाल संरक्षण सम्बन्धी कार्य
स्वास्थ्य इकाई
- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनानिर्माण, कार्यान्वयन तथ नियमन,
- राष्ट्रिय तथा प्रदेश स्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- आधारभूत स्वास्थ्य संस्थाहरुको संचालन र प्रवर्द्धन,
- अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको स्थापना तथा संचालन,
- स्वास्थ्य संस्था सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- औषधी तथा सर्जिकल आइटमहरुको दररेट निर्धारण गर्न सहयोग,
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- औषधी र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- रोगको नियन्त्रण तथा रोकथाम,
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- जुनोटिक र किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- सुर्ति मदिरा र लागु पदार्थजन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि,
- जनस्वास्थ आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यन्वयन