विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।
जानकारी तथा युरिया मल ल्याई वितरण गर्ने सम्बन्धमा - श्री सरोकारवाला सबै, मायादेवी गाउँपालिका, रुपन्देही ।
"श्रमको सम्मान-राष्ट्रको सम्मान" भन्ने नाराका साथ मायादेवी गाउँपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा मिति २०८१/०८/२१ र २२ गते संचालित रोजगारीको खोजीमा रहेका व्यक्तिहरुसँग २ दिने अन्तरक्रिया कार्यक्रमका केहि तस्वीरहरु !!!
दररेट उपलब्ध गराउने सम्बन्धी सूचना - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।