विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राप्ती उप्तयका (देउखुरी)को चैते दशैं (शुक्ल अष्टमी) को अवसरमा सार्वजनिक विदा सम्बन्धी सूचना !!!
२१ दिने सूचना सम्बन्धमा - नापी कार्यालय, रुपन्देही (३ नं. नापी टोली, भैरहवा) ।
बजार मूल्य पेश गर्ने सम्बन्धी सूचना। - मायादेवी गाउँपालिका, बरेवा, रुपन्देही ।
Stubble Reaper हस्तान्तरणका लागि प्रस्ताव आव्हानको सूचना (दोश्रो पटक सूचना प्रकाशन मितिः२०८२/१२/०६) - श्री मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।