विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
७ (सात) दिने सूचना पठाइएको सम्बन्धमा - २ नं. नापी टोली मधवलिया, नापी कार्यालय, रुपन्देही । आवश्यक थप जानकारीको लागि मायादेवी गाउँपालिका, वडा नं. ८ को कार्यालय, बसडिलवामा सम्पर्क गर्नुहुन पनि जानकारी गराइन्छ ।
वार्षिक खाताबन्दी तथा हिसाब मिलानको लागि राजश्व असुली कार्य बन्द हुने सम्बन्धी सूचना !!! मायादेवी गाउँपालिका , बरेवा , रुपन्देही
सुक्रौली हाटबजार ठेक्का सम्बन्धी सिलवन्दी दरभाउ पत्र !!! मायादेवी गाउँपालिका , रुपन्देही
बेथरी हाटबजार ठेक्का सम्बन्धी सिलवन्दी दरभाउपत्र पत्र -मायादेवी गाउँपालिका ,बरेवा , रुपन्देही