विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
सुक्ष्म पोषक तत्व जिङ्कसल्फेट माग गर्ने सम्बन्धी सूचना (दोश्रो पटक प्रकाशित सूचना २०८२/०२/१६) - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।
वार्षिक कार्यक्रम पेश गर्ने सम्बन्धमा - श्री सबै सरोकारवाला गैर सरकारी/सरकारी संस्थाहरु, मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, हाडीगाउँ, काठमाण्डौँको उजुरी माग सम्बन्धी सूचनाको नमुना पत्रहरु
मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा मिति २०८२/०२/१२ गते मायादेवी गाउँपालिकाको सभाहलमा संचालन भएको विद्यार्थी प्रतिभा/प्रस्फुटन कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय चित्रकला प्रतियोगिताको केही तस्बिरहरु