विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
सुक्ष्मपोषकत्तव जिङ्कसल्फेट बुझिलिने बारे सूचना !!!
आ.व. २०८२/०८३ को लागि आन्तरिक आय संङ्कलन (ठेक्का बन्दोबस्त) तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना !!!
२२ औ राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिन (असार १५) को शुभकामना - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।
मायादेवी गाउँपालिका, रुपन्देहीको गाउँ सभाको १८ औं अधिवेशनको पहिलो बैठक (आ.व. ०८२/८३ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुती) तथा नगर प्रहरीहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमका केहि तस्वीरहरु... मिति २०८२/०३/१० गते, मङ्गलबार