विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
आ.व. २०८२/०८३ को लागि आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्वन्धी ७ (सात) दिने सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३ असार ०३ गते) - मायादेवी गाउँपालिका, वरेवा, रुपन्देही ।
५०% अनुदानमा पशु तथा माछापालक कृषकहरूलाइ यन्त्र उपकरण तथा बर्षिम घाँस वितरण कार्यक्रमका लागि आवेदन स्विकृत गरिएको सूचना !!!
जीविकोपार्जन सुधार कार्यक्रममा सहभागिता जनाउने सम्वन्धि सूचना !!!
वडा नं ६ अन्तर्गतको ५०% अनुदानमा वडा स्तरीय कृषि यन्त्र उपकरण वितरण कार्यक्रमका लागि बैकल्पिक सूचिबाट अनुदानग्राही छनौट गरिएको सूचना !!!