विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
जीविकोपार्जन सुधार कार्यक्रममा सहभागिता जनाउने सम्वन्धि सूचना !!!
वडा नं ६ अन्तर्गतको ५०% अनुदानमा वडा स्तरीय कृषि यन्त्र उपकरण वितरण कार्यक्रमका लागि बैकल्पिक सूचिबाट अनुदानग्राही छनौट गरिएको सूचना !!!
दरभाउपत्र स्विकृत भएको सुचना !!!
मायादेवी गाउपालिका द्वारा आयोजित स्थानीय सामाग्रीमा आधारित ढकियाजन्य सामान बनाउने तालिम २०८३ बैशाख २१ देखि जेठ २० सम्म सन्चालन गरिएको छ । जुन तालिममा २६ जना सहभागी रहनु भएको थियो ।