विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
निजी जग्गाको माटो उत्खनन् तथा ओसारपसार सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२
दररेट निर्धारण तथा लागत अनुमान सम्बन्धमा - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।
मायादेवी गाउँपालिकाको घाघरा महजिदिया सडकखण्डको मुख्य चोकहरुमा हाइ मास्ट लाइट जडान गरि सडक स्तरोन्नति/सुन्दरिकरण र पर्यटन प्रवर्धन कार्यको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सूचना - मायादेवी गाउँपालिका, बरेवा-रुपन्देही ।
निर्वाचन आयोग, नेपालको मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्बन्धी सूचना