विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको समथर खेती योग्य भू-बनोट, उद्योग, व्यापार र पर्यटनको प्रचुर सम्भावना रहेको रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
मायादेवी गाउँपालिका, रुपन्देहीको गाउँसभाको १९ औं गाउँसभा (हिउँदे अधिवेशन) को पहिलो बैठक मितिः २०८२ पौष २५ गते गाउँपालिकाको सभाहलमा संचालन भएको पहिलो बैठकका केहि तस्बिरहरु...
शैक्षिक संस्था बन्द गरिएको सम्बन्धी सूचना - श्री सम्पूर्ण शैक्षिक संस्थाहरु (सामुदायिक/संस्थागत/धार्मिक),मायादेवी गाउँपालिका, रुपन्देही।
गाउँसभामा उपस्थित हुने सम्बन्धमा - श्री गाउँ सभा सदस्य ज्यूहरु सबै, मायादेवी गाउँपालिका, रुपन्देही।
जीविकोपार्जन सुधार कार्यक्रमको पुनः प्रकाशित सुचना ! मिति २०८२/०९/१८ - मायादेवी गाउँपालिका, वरेवा - रुपन्देही।